यसपाली होलीका लागि ४० करोड बराबरको रङ आयात

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपालमा होलीका लागि आवश्यक रङ ठुलो परिमाणमा भारत लगायत अन्य मुलुकबाट आयात हुँदै आएको छ । यस आर्थिक वर्षको हालसम्मको अवधिमा सिन्दूर बाहेकको साढे ४० करोड बराबरको रङ आयात भएको छ ।

२०८१ माघ मसान्तसम्मको अवधिमा ४० करोड ४८ लाख ५७ हजार रुपैयाँको ७ लाख ७१ हजार १८३ किलो रङ आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त रङ आयात हुँदा ८ करोड ७ लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन रङ सबैभन्दा बढी होलीमै खपत हुन्छ ।

गत वर्षको सोही अवधिमा ३७ करोड ६७ लाख ३ हजार रुपैयाँको ६ लाख ४६ हजार ३४६ किलो रङ आयात भएको थियो । उक्त परिमाणमा रङ आयात हुँदा ७ करोड ५० लाख ५२ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।

साथै सो अवधिमा ८३ लाख ३१ हजार रुपैयाँको ४१२४१ किलो सिन्दूर आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

  • २९ फाल्गुन २०८१, बिहीबार ११:२४ प्रकाशित