काठमाडौँमा करेन्ट लागेर एक किशोरको ज्यान गयो

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

काठमाडौँ ।

काठमाडौँमा करेन्ट लागेर एक जना किशोरको ज्यान गएको छ । कागेश्‍वरी मनोहरा नगरपालिका-७ मुलपानी लाहुरेटोल बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका १५ वर्षीय सुमन खड्काको करेन्ट लागेर मंगलबार राति ज्यान गएको हो ।

सोही नगरपालिका-७ मुलपानीबाट अमरसिङ थापा चोक जाने सडकमा बा।प्र। ०३-००१ ख १३३८ नम्बरको टिपर बालुवा अनलोड गर्ने क्रममा बिजुलीको पोलको तार सर्ट भई करेन्ट लागेर टिपरका सहचालक खड्का गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • २८ फाल्गुन २०८१, बुधबार १३:०८ प्रकाशित