सातै प्रदेशका सभामुखद्धारा प्रधानमन्त्रीसँग भेट

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सातवटै प्रदेशसभाका सभामुखहरू प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् । सरकार र संसद्को कामकारबाहीबारे छलफल गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित सातै प्रदेशका सभामुखहरू बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन् ।

‘प्रतिनिधिसभाका सभामुखसहित सात वटै प्रदेश सभाका सभामुखहरू बालुवाटार आएर छलफल गर्नुभएको छ’, प्रधानमन्त्रीको सचिवालयले भन्यो– ‘संसद र सरकारका कामकारबाहीबारे छलफल भएको छ ।’

  • २८ फाल्गुन २०८१, बुधबार १२:३४ प्रकाशित