पोखरा ।
कास्कीको रुपा गाँउपालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ । दिवसको अबसरमा विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तित्वहरूलाई रुपा रत्नबाट सम्मान गरेको छ । साहित्य, कला, खेलकुद लगायतको विद्याबाट रुपा गाँउपालिकालाई राष्टिय तथा अन्तराष्टि क्षेत्रमा चिनाउन भूमिका खेलेको भन्दै रुपाले सम्मान गरेको हो ।
सम्मानितहरुमा डा. दिनेश न्यौपाने, डा. कृष्ण चन्द्र पौडेल, प्रहरी बरिष्ट उपरीक्षक कृष्ण प्रसाद पंगेनी, सहप्राध्यापक कमला रानामगर, सूर्य प्रसाद तिमिल्सिना, प्रहरी उपरीक्षक नरहरि रेग्मी, डा. अनिल रेग्मी, अमृत गुरुङ, कालिदाश न्यौपाने, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी र पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीलाई रुपा रत्नबाट सम्मान गरेको हो ।
सम्मानित सबैलाई गण्डकी प्रदेश सभामा एमाले दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारी, गाँउपालिका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गरूङ लगायतले सम्मापनपत्र, दोसल्ला, माला र अविर लगाएर सम्मान गरेका हुन् ।
उद्घाटन दिवसको अबसरमा रूपा गाउँपालिका विभिन्न टोल विकास समिति, आमा समूह एवं विभिन्न समूहले झाँकी प्रस्तुत गरेका थिए ।

सम्मानित उत्कृष्ट कृषक एवं कृषक समूह
दिवसको अबसरमा पूर्वजनप्रतिनिधि, बभिन्न उत्कृष्ट कृषि समूह एवं कृषक, जैविक विविधतामा उत्कृष्ट कार्य गर्ने समूह, रूपा गाउँपालिकाबाट एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने बिद्यार्थी, उत्कृष्ट शिक्षक, उत्कृष्ट कर्मचारी एवं लामो समय सेवा गर्ने शिक्षकलाई दीर्घ सेवा पुरस्कार सम्मान, १०१ वर्षीय जेष्ठ नगरिक जमदार सिद्धिमान श्रेष्ठलाई जेष्ठ नगरिक सम्मान लगायतलाई उक्त अबसरमा सम्मान गरिएको थियोे ।

रूपाका उत्कृष्ट कर्मचारीसंग तस्बिर खिचाउँदै कर्मचारीहरू














