वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग्ने ६ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ‘आकर्षक तलबको प्रलोभन’ देखाएर ठग्ने ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोरखाको आरूघाट–४ घर भएकी २४ वर्षीया सरू परियार, कञ्चनपुर घर भएका ३२ वर्षीय जेम्स राना, काठमाडौँको कीर्तिपुर घर भएका ३४ वर्षीया रेखा तुलाधार, धादिङका २७ वर्षीय रवि खनाल र ताप्लेजुङ घर भएका ललित बहादुर ईवारम छन् । ताप्लेजुङका ३३ वर्षीय दिपेश सुब्बालाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सरू परियारले अस्ट्रेलिया पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख ५० हजार असुल गरेकी हुन् । जेम्सले क्रोएसिया पठाउँछु भनेर ३ लाख र रेखाले जापान पठाइदिन्छु भनेर चार जनाबाट १३ लाख असुल गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । त्यस्तै रविले अमेरिका पठाइदिन्छु भनेर १४ लाख तथा ललित र दिपेशले ५३ लाख असुलेर फरार भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।

  • २७ फाल्गुन २०८१, मंगलवार १४:३० प्रकाशित