पोखरा ।
कास्कीको साइमराङ आसपास केन्द्रविन्दु भएर विहान भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा गएको भूकम्प ४.३ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का कास्की र आसपासका जिल्लाहरुमा समेत महसुस भएको थियो । भूकम्पको धक्काले बिहानीको निद्रा खलबलाइदिएको थियो ।
अहिलेसम्म भूकम्पको क्षतिको बारेमा कुनै विवरण प्राप्त नभएको र अवस्था सामान्य रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।














