सेयर बजार लगातार छैटौँ दिन पनि घट्यो

केन्द्रभाग मिडिया

stock

काठमाडौँ ।

सेयर बजार परिसूचक (नेप्से) आज छैटौँ दिन पनि घटेको छ । अघिल्लो हप्तादेखि घट्न थालेको नेप्से साताको दोस्रो दिन सोमबार २०.६८ अंकले घटेको हो ।

योसँगै बजार परिसूचक २७५१.४२ विन्दुमा ओर्लिएको छ । आज बजारमा ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन १० अर्ब रुपैयाँको कारोबार भएको थियो ।

आज बजारमा ४४ कम्पनीको मूल्य बढेको छ । १९२ कम्पनीको मूल्य घटेको छ भने बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज नेष्डो लघुवित्त, गार्डियन लाइफ र विन नेपाल लघुवित्तको शेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै, उपकार लघुवित्त र सिक्लेस हाइड्रोपावरको सेयर सबैभन्दा धेरैले घटेको छ ।

  • २६ फाल्गुन २०८१, सोमबार १५:५८ प्रकाशित