काठमाडौं ।
आज (सोमबार) अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ २६ पैसा र बिक्रीदर १५० रुपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ २२ पैसा र बिक्रीदर १८० रुपैयाँ , स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५८ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ २० पैसा र बिक्रीदर १०४ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैया ७६ पैसा र बिक्रीदर ३७ रुपैया ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैया ४२ पैसा र बिक्रीदर ३१ रुपैया ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैया ५७ पैसा र बिक्रीदर नौ रुपैया ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ७५ पैसा र बिक्रीदर १३ रुपैया ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैया १५ पैसा र बिक्रीदर २० रुपैया २३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैया ८५ पैसा र बिक्रीदर १७ रुपैया ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैया ११ पैसा र बिक्रीदर ४५२ रुपैया ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ २७ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ८३ पैसा छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।















