लेकसाइडमा कोटिहोम गर्न खोजेका विवादित पृष्ठभुमीका विजय कृष्णमुर्ति पक्ष र महानगर प्रहरीबीच झडप

१३ जना घाइते

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको लेकसाइडमा डेढ महिना लामो कोटिहोम आयोजना गर्न खोजेका विवादित पृष्ठभुमीका विजय कृष्णमुर्ति पक्ष र महानगर प्रहरीबीच शुक्रबार झडप भएको छ ।

झडपमा परेर १३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ५ जना नगर प्रहरी छन् भने विजय कृष्णमुर्तिका कार्यकर्ता ८ जना छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी वसन्त शर्माका अनुसार कोटिहोम गर्न खोज्न र रोक्न खोज्ने पक्षवीच झडप भएको हो ।

नगरपालिकाले अनुमति छैन, गर्न पाइदैन भनेको छ, कोटिहोम पक्ष जसरी पनि कोटिहोम आयोजना गर्ने भनेका छन्, उनले भने, त्यही भएर झडप भयो ।

लेकसाइडको बाराहीघाटस्थित नेपाल ट्रष्टको जग्गामा कोटिहोम आयोजक मानव सेवा फाउण्डेसनले भूमी पुजन गर्न खोजेको थियो । अनुमति बिना नै जबरजस्ती कोटिहोम गर्न खोजेकाले रोक्न खोज्दा झडप भएको पोखरा महानगरले जनाएको छ ।

यसअघि कोटिहोमबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा उनै विवादित पृष्ठभुमिका विजय कृष्णमुर्तिले धर्मका नाम आफु अर्धम गर्न पनि तयार रहेको अभिव्यक्ति दिएका थिए । पोखरा महानगरलाई चुनौती दिदैं दिएको उक्त अभिव्यक्तिले उनी पुन आलोचित बनेका थिए ।

  • २३ फाल्गुन २०८१, शुक्रबार १३:५८ प्रकाशित