जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

केन्द्रभाग मिडिया

symbolic picture

बर्दिया ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका–१ बस्ने २३ वर्षीय शिव प्रसाद थारूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

थारुले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमाआवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • २३ फाल्गुन २०८१, शुक्रबार १३:५६ प्रकाशित