प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने काम हुँदैन : सभामुख

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने बताएका छन् ।

इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिकउत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसदमा बिचाराधीन विधेयकमाथि सञ्चारकर्मीको चासोप्रति आफु जानकार रहेको भन्दै प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने बताएका हुन् ।

प्रेस स्वतन्त्रता देशको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको आधार भएको उनले बताए । सभामुख घिमिरेले लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली भएको धारणा राखे । कुनै पनि कानुनले प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने काम गर्न नहुने र प्रेस स्वतन्त्रताप्रति आफु प्रतिवद्ध रहेको उनले बताए ।

  • २३ फाल्गुन २०८१, शुक्रबार १३:२१ प्रकाशित