सबैजसो विदेशी मुद्राको भाउ बढ्यो, कुन मुद्राको विनियमदर कति ?

केन्द्रभाग मिडिया

पोखरा ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ६९ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ४४ पैसा थियो ।

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५० रुपैयाँ ०२ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ६६ पैसा कायम भएको छ। हिजो युरोपियन युरो १ को खरिददर १ सय ४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ९३ पैसा थियो ।

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १ सय ७९ रुपैयाँ ८१ पैसा छ। पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७८ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय ७८ रुपैयाँ ८८ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा थियो ।

आज कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ २७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४ सय ५१ रुपैयाँ ९१ पैसा थियो ।

त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ६८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ६८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३ सय ६९ रुपैयाँ ८९ पैसा थियो ।

  • २३ फाल्गुन २०८१, शुक्रबार ०७:४० प्रकाशित