अब राजतन्त्र फर्किन सम्भव छैन : प्रधानमन्त्री

केन्द्रभाग मिडिया

महोत्तरी।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब राजतन्त्र फर्किन सम्भव नभएको बताएका छन् । मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै ओलीले सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए ।

महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै ओलीले भने, ‘अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन ।’ उनले औद्योगिक विकास र रोजगारी सृजनामा सरकारले प्राथमिकता दिने समेत बताए ।

  • २२ फाल्गुन २०८१, बिहीबार १६:०३ प्रकाशित