नेपाल समृद्ध मुलुक बन्न कांग्रेस बलियो हुन आवश्यक छ : देउवा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समृद्ध मुलुक बन्नका लागि कांग्रेस बलियो बन्नु पर्ने बताएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए नेपाली कांग्रेस पार्टी पनि बलियो हुने जिकिर गरेका छन् ।

यस्तै देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् ।उनले नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए ।

उनले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराए । उनले गोरखा भर्तीका समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिवद्धता जनाए ।

  • २२ फाल्गुन २०८१, बिहीबार १३:११ प्रकाशित