घट्यो अमेरिकी डलरको भाउ

केन्द्रभाग मिडिया

पोखरा ।

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको  भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड सहितका मुद्राको भाउ भने बढेको छ । अमेरिकी डलरको भाउ विगत तीन दिनदेखि लगातार घट्दै आएको छ । युरो र पाउन्डको भाउ भने विगत तीन दिनदेखि लगातार बढिरहेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ४४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ९३ पैसा थियो ।

युरोपियन युरो एकको खरिदर १४८ रुपियाँ २९ पैसा र बिक्रीदर १४८ रुपियाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७८ रुपियाँ ११ पैसा र बिक्रीदर १७८ रुपियाँ ८८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५६ रुपियाँ १७ पैसा र बिक्रीदर १५६ रुपियाँ ८४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ १८ पैसा र बिक्रीदर ८७ रुपियाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ ५४ पैसा र बिक्रीदर ९६ रुपियाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ८० पैसा र बिक्रीदर १०४ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ १२ पैसा र बिक्रीदर १९ रुपियाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ दुई पैसा र बिक्रीदर ३७ रुपियाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ नौ पैसा र बिक्रीदर ३८ रुपियाँ २६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ८० पैसा र बिक्रीदर ३७ रुपियाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ३४ पैसा र बिक्रीदर ३१ रुपियाँ ४८ पैसा, साउथकोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६१ पैसा, स्विडिसक्रोनर एकको खरिददर १३ रुपियाँ ४५ पैसा र बिक्रीदर १३ रुपियाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ८८ पैसा र बिक्रीदर १९ रुपियाँ ९७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८६ पैसा र बिक्रीदर १७ रुपियाँ ९४ पैसा, कुवेतीदिनार एकको खरिददर ४४९ रुपियाँ ९६ पैसा र बिक्रीदर ४५१ रुपियाँ ९१ पैसा, बहराइनदिनार एकको खरिददर ३६८ रुपियाँ ३० पैसा र बिक्रीदर ३६९ रुपियाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुयैयाँ ६४ पैसा र बिक्रीदर ३६२ रुपियाँ २० पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

  • २२ फाल्गुन २०८१, बिहीबार ०६:५८ प्रकाशित