एमाले जिल्ला अधिवेशन: रुपन्देही अध्यक्षका यी हुन् आकांक्षी(नामावलीसहित)

केन्द्रभाग मिडिया

रूपन्देही ।

जिल्ला अधिवेशन नजिकिएसँगै नेकपा एमाले रुपन्देहीमा अध्यक्षका लागि नेताहरुको दौडधुप सुरु भएको छ ।

अध्यक्ष पदमा दाबी गर्दै आधा दर्जन भन्दा धेरै नेताहरुले लबिङ सुरु गरेका छन् ।नेताहरुले माथिल्लो तहका नेताहरु र समकक्षीलाई आफ्नो पक्षमा पार्न भेटघाटलाई तीव्र बनाएका छन् ।

कमिटीका उपाध्यक्ष पुरुषोत्तम घिमिरे, जिल्ला कार्यालय सदस्य तेजेन्द्र केसी ,उपसचिव गोपाल राना,तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे,सुकुम्वासी आयोग रुपन्देहीका अध्यक्ष भइसकेको बलबहादुर आचार्य , सिद्धार्थनगरमा पार्टीको काम गर्दै आएका हितराज पन्थी र अखिल नेपाल किसान महासंघको जिम्मेवारीमा रहेका यज्ञ गैरे अध्यक्षका आकांक्षी हुन् ।

केन्द्रीय सदस्य निर्वाचित भएका हुनाले अहिलेका अध्यक्ष शिवराज सुवेदीले बिदा लिने निश्चित भइसकेकाले अरूलाई बाटो खुलेको हो ।
पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि एमाले रुपन्देहीले पुस १७ गते सबै पालिकामा एकैदिन प्रतिनिधि छनौट हुने मिति तय गरेको छ।

  • १३ पुष २०७८, मंगलवार १२:४० प्रकाशित