पोखरा ।
पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु १ ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा पर्वत बिहादी गाउँपालिका-३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका-५ गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
घाइते ६ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए ।














