सिरहामा निषेधाज्ञा: ५ बजेदेखि बेलुकी ७ बजेसम्म हिडडुल गर्न रोक

केन्द्रभाग मिडिया

काठमाडौं ।

सिरहामा आज बिहानैदेखि निषेधाज्ञा गरिएको छ।

जनमत पार्टीले केही दिनदेखि गरिरहेको आमहड्ताल र चक्काजामले सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई ध्यान राख्दै जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पुस १३ र १४ गते निषेधाज्ञा गरिएको बताए।बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म भेला हुन र बाहिर हिँडडुल गर्न रोक लगाइएको छ।

साथै निषेधाज्ञाका बेला पनि राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात भने सञ्चालन हुने प्रजिअ कवारीले जारी गरेको सूचनामा उल्लेख छ।

सिके राउत नेतृत्वको जनमत पार्टीले किसानको निहुँमा आन्दोलन गरिरहेको छ । हिजो अस्ति यस पार्टीका कार्यकर्ता दर्जनौँ सवारी साधनमा तोडफोड गरेका थिए ।

  • १३ पुष २०७८, मंगलवार ०८:५१ प्रकाशित