चण्डी आधारभूत विद्यालयलाई सेन्ट्रल गार्डनको शैक्षिक सामाग्री

केन्द्रभाग मिडिया

पोखरा ।

लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

क्लबको चार्टर डे २९ डिसेम्बरको पूर्व सन्ध्यामा वार्षिक क्यालेण्डर अनुसार क्लबले पोखरा–२२ उल्लेरीको चण्डी आधारभूत विद्यालयमा विद्यालयका लागि ५० हजार बराबरको टेलिभिजन, डिसहोम, पुस्तक, विद्यार्थीलाई टोपी, स्वेटर, स्टेशनरी र मास्कलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा जोन चियर पर्सन कृष्णप्रसाद तिमिल्सिनाले लायन्स लिडरहरु जहिले पनि आफू भन्दा कम भाग्यमानीहरुलाई सहयोग गर्न पाउँदा रमाउने बताए उनले राज्यलाई सत् मार्गमा हिँडउने भविष्यका कर्णधार भनेकै सामुदायिक विद्यालयका भाइबहिनी भएकाले उनीहरुसँग लायन्स सधै साथमा रहने धारणा राखे ।

क्लबका संस्थापक अध्यक्ष हरि भाटले क्लबले लायन्स लिडरहरुका जन्मदिन पारेर विभिन्न सामाजिक सेवामुलक कार्य गर्ने सन्दर्भमा यस पटक उल्लेरी पुगेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर गुरुङले सामुदायिक विद्यालयका भाइबहिनीको सुनौलो भविष्यका लागि अभिभावक पहिला जिम्मेवार हुनुपर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक विष्णु थापाले क्लबको सहयोग विद्यालयका लागि अमूल्य रहेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गरिन् ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनका अध्यक्ष सुब्बा घिमिरे, पूर्व अध्यक्ष कृष्ण रानाभाट, प्रथम उपाध्यक्ष आनन्द पौडेल, सदस्य जमुना बास्तोलालगायतले बोलेका थिए ।

  • १२ पुष २०७८, सोमबार १६:१५ प्रकाशित