नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम घट्यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल स्टक एक्सचेञ्ज परिसूचक आज सामान्य अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ अंकमा पुगेको हो ।

आज बजारमा ९ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनभन्दा कम हो । अघिल्लो दिन १० अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज बजार बढ्नुमा पनि पुनर्बीमा कम्पनीको सेयर मूल्यमा देखिएको कारोबार मुख्य रहेको देखिन्छ । अन्य समूह अन्तर्गत रहेको नेपाल पुनर्बीमा कम्पनी प्रतिकित्ता ७७ रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स कम्पनी ३५ रुपैयाँले बढ्दा बजारमा बढेको हो ।

आज बजारमा १०४ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेको तथ्यांक छ ।

  • १३ फाल्गुन २०८१, मंगलवार १५:३१ प्रकाशित