पोखरा ।
आज अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ५५ पैसा निर्धारण भएको छ ।
युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ७४ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ५६ पैसा तय गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १३ पैसा र बिक्रीदर ८८ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ नौ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रुपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपियाँ १४ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३८ पैसा र बिक्री दर ३१ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
त्यस्तै, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ एक पैसा र बिक्रीदर १३ रुपियाँ छ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्री दर १९ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर तीन ५९ रुपियाँ ५४ पैसा र बिक्रीदर तीन ६१ रुपैयाँ १० पैसा तय गरिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।















