पोखरा ।
स्वर्गीय करुणानिधी कोइराला नेपाली कांग्रेस र नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहाँसमा एक गर्विलो नाम हो । उनी र उनले निर्माण गरेको पोखारा ४ गैह्र्रापाटन स्थित हालै भत्किएको निवासलाई लिएर बृत्तचित्र निर्माण भएको छ ।
स्वर्गीय करुणानिधिको छोरा राजेन्द्रनिधि कोइरालाको अग्रसरतामा निर्मित बृत्तचित्रमा राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका पूर्वउपसभापति रहेका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान शिंह, नेकपा एमाले स्थायि समिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, नेपाली कांग्रेस गण्डकका सभापति शुक्रराज शर्मा, नेकपा एकीकृत समजवादीका केन्द्रीय सचिव श्रीनाथ बराल, कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पूर्वसभापति कृष्ण केसी, वरिष्ठि संस्कृतिविद डा. जगमान गुरुङ र संस्कृतिविद् तीर्थ श्रेष्ठ लगायतले स्वर्गीय करुणानिधि कोइरालाले प्रजातान्त्रिक आन्दोलनका लागि दिएको योगदानको स्मरण गरेका छन् ।
स्वर्गीय करुणानिधि कोइरालाका छोरा राजेन्द्रनिधि कोइरालाले बुवाको र घरको इतिहाँस जिवन्त राख्न बृत्तचित्र उपयोगी बन्ने अपेक्षा राखेका छन् । बृत्तचित्र केन्द्रमाग मिडियाको युटुव केन्द्र खबर र फेसबुक पेज केन्द्रभागबाट एक साथ सार्वजनिक गरिएको हो ।
- यस्तो छ प्रजातान्त्रिक आन्दोलनमा करुणानिधी कोइराला र यो घरको योगदान
नेपाली कांग्रेसको नेतृत्वमा संचालीत २००७ सालको क्रन्तिको सेरोफेरो तिर मोरङको रंगेलीमा पुलिस ठानेदारमा कार्यरत करुणानिधि कांग्रेस र कोइरालाहरुलाई सघाएको आरोपमा जागिरबाट खोसुवामा परे । जन्मस्थलो पोखरामा फर्के पछि आफनो वाँकी जीवल देश सेवामा समर्पण गर्नेअठोटका साथ उनी राजनितिमा सक्रिय भए । करुणानिधि कास्की कांग्रेसको पहिलो उपसभापति हुन् । सत्याग्रह, भद्रअभज्ञा आन्दोलन ०१५ सालको आमनिर्वाचनका कार्यक्रमहरु आफनै घर आगनमा हुनथालेपछि कांग्रेसी घरको नामले परिचित यो घरमा ०१५ सालको आम निर्बाचनका क्रममा बिपि कोइराला, गणेशमानजी, किसुनजी श्रीभद्र शर्मा लगायत थुप्रै नेतागण आए । त्यस पछि नेतागणहरु आउने क्रम सुरुभयो । यहीँ पार्टीका बैठक, भेला, छलफलहरु हुन थाले ।
२०१७ सालको कु पछि यो घर सरकार बिरोधी घरमा परिणत भयो । ०१८ साल चैत्रको एक दिन बिहानै बडाहाकिमको नेतृत्वमा आएको प्रहरीहरुको जस्थाले घर घेरा हाल्यो । त्यहाँ राजाको प्रजातन्त्र । कदमको विरुद्ध कान्तिको आवाहन गरिएका पर्चा पम्लेटहरु फेला परे । करुणानिधि गिरफतार हुनुभयो । प्रजातन्त्र बहाली नहुदासम्म आमरण अनसन बस्ने निर्णय गरे । अनसनको तेश्रो दिन उनलाई पैदल हिँडाएरै भैरहवा जेल सरुवा गरियो । साथीहरुको अनुरोधमा रामदी पुगे पछि काली नदीको पानी समाउदै करुणानिधिले प्रजातन्त्र नआउदासंम अन्न नखाने, दारीजुङा नखौरने, सरकारी रासन नलिने प्रतिज्ञा गरे । यातना दिने क्रममा गर्मीमा भैरहवा र जाडोमा वन्दिपुर जेल यता र उता गराउदैगर्दा धेरै पटक जेलमानै मृतु भएको हल्ला चल्यो । यसरी पाच बर्ष कठोर जेल जीवन बिताए ।
२०३५ साल मग्सिर १३ गते बिपि कोइराला पोखरा आउने क्रममा नेबि संघको बैठक करुणानिधिको घर गैरापाटनमा र पार्टीको बैठक धिरबहादुरको घरमा चलिरहेको वेला पञ्च मण्डलेको आक्रमण भयो । करुणानिधिको दारीजुंगा उखल्दै लछारपछार गर्दै सडकमा झारेर ढलको फोहर टाउकामा खन्याइयो र त्यो घरला पुलिसको भ्यानमा कोचिएको खवर जताततै फैलियो ।
पञ्च प्रशासनको शिर झुकेको थियो । करुणानिधि आफै ०३७ सालको जनमतसंग्रहमा बहुदल प्रचारप्रसार समिति कास्कीको संयोजक थिए । ०३९ साल मार्गमा काठमाडांैमा सम्पन्न कांग्रेसको राष्ट्रिय भेलाले कास्की कांग्रेसको सभापतिको जिम्मेवारी दियो । ०४० साल फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने क्रममा पोखरा आएका गणेशमानले चार दिन यसै घरमा बसे । ०४१ साल कार्तिक १८ गते पोखरामा आयोजित कांग्रेसको क्षेत्रीय भेलामा करुणानिधि लगायत नेता कार्यकर्ताहरु पक्राउ भए पछि कार्यक्रम स्थकीत भयो ।
केन्द्रबाट आएका किसुनजी, गिरिजा प्रसाद कोइराला, शैलजा आचार्य, शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत ४०, ४५ जनालाई खानेबस्ने व्यवस्था यसै घरमा गरिएको थियो । नेबि संघ कास्कीको बिबाद पनि यसै समय समाधान गरिएको थियो । ०४२ सालको सत्याग्रहमा अञ्चलाधिशको गेट अगाडी धर्ना वस्दावस्दै गिरफतार स्व. करुणानिधि पक्राउ परे । यसपटक करुणानिधि करिव ५ महिनाको जेल बसाइमा बिरामी परे ।
यीनै दिनहरुमा उनको उपचारका लागी गरिएको हारगुहारलाई आफनै साथीभाइ आफन्त ठानिएकाहरुले नै शोषणको माध्यम बनाए । ‘हाम्रा लागि यो घटना जीवनको सबै भन्दा पीडदायी, दुखद घटना हुन गयो । बाबा करुणानिधि ८२ वर्षको उमेर र कठोर जेल जीवनको यातना, रोगकावाट पीडित हँुदै ०४६ साल आश्विन ३० गते वेलुका ४ बजे तिर आफनै घर आगन गैह्रापाटनमा देह त्याग गर्नु भयो,’ छोरा राजेन्द्रनिधि कोइरालाले भने ।













