संसदबाट ओलीले भने,‘शंका–उपशंका गर्न जरुरी छैन’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलबीच कुनै शंका–उपशंका गर्न जरुरी नरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्न अहिलेको सत्तागठबन्धन बनेको भन्दै यसमा शंका–उपशंका गर्न जरुरी नरहेको बताएका हुन् ।

उनले सत्ता साझेदार दलबीच उच्च विश्वास र समझदारी रहेको जिकिर गरे । यसैगरी, उनले हालै जारी अध्यादेश मार्फत आएका नीतिगत र कानुनी सुधारले व्यवसायिक वातावरणमा सुधार आउने तथा लगानी अभिवृद्धि भई आर्थिक गतिविधि बढ्ने उनले विश्वास व्यक्त गरे ।

उनले पार्टी फुटाउनका लागि यसअघि अध्यादेश ल्याउने दलले अध्यादेशको विरोध गर्नु उचित नहुने जिकिर गरे । कुनै पार्टी र कसैको पार्टी फुटाइदिने र जोडिदिने आफ्नो नभएको उनको भनाइ छ । अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्न, विकास निर्माणका गतिविधिलाई तिब्रता दिन, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उहाले बताए ।

  • ४ फाल्गुन २०८१, आईतवार १६:०५ प्रकाशित