पोखरा ।
केटीको नाममा फेक आईडी बनाएर डिपेन्डेन्ट भिषामा युके लैजान्छु भन्दै ठगी गर्ने २ युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक चौडी देउराली गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल जिल्ला काठमाण्डौ सोह्रखुट्टे बस्ने वर्ष १९ को मनिष भुजेल र काभ्रेपलान्चोककै भुम्लु गाउँपालिका वडा नं। ४ बस्ने वर्ष २१ को निशान पहारी रहेका छन् ।
उनीहरुले नेहा गुरुङ नामको फेसबुक आईडी बनाएर सामाजिक सञ्जाल मार्फत विभिन्न व्यक्तिलाई साथी बनाएर डिपेन्डेन्टमा युके लैजाने लगाएतका विभिन्न प्रलोभन देखाई विभिन्न प्रलोभन देखाई ६ लाख १ हजार ९ सय ५५ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय कास्कीका सुचना अधिकारी अभिनाश दिप जिसीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगी आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।















