विरोधले अध्यादेश पारित हुनबाट रोकिँदैन : महासचिव पोखरेल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन् । शुक्रबार एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशीलता आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले सरकारले देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवर्द्धन गर्ने हिसाबले अध्यादेश ल्याएको बताए । उनले अध्यादेशको विरोध भयो भनेर कोसिस असफल नहुने बताए । उनले दुई प्रमुख राजनीतिक दलहरूले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै पारित गर्ने अनेक विकल्पहरू रहेको बताए । विकल्प प्रयोग गरेर भएपनि अध्यादेशलाई राज्यको कानुनमा ढाल्ने उनले बताए ।

महासचिव पोखरेलले अध्यादेश आफैँमा कानुन भएको बताए । कार्यान्वयनका लागि नियमावली नरहेको कुरा आएको भन्दै नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली आवश्यक हुने बताए ।

  • २ फाल्गुन २०८१, शुक्रबार १५:१२ प्रकाशित