कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा पौडेल नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् ।

पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले विधानको धारा ३६ (घ) बमोजिम प्रतिष्ठानको प्रशिक्षणतर्फको निर्देशक पदमा पौडेललाई नियुक्त गरेका हुन् ।

कास्कीका नेता पौडेल हाल काठमाडौँमा रहेर पार्टीको प्रशिक्षण कार्यहरूमा सक्रिय थिए । यसअघि उनले पार्टीको शिक्षा विभागमा समेत सदस्य सचिव भएर काम गरेका थिए ।

त्यस्तै, उपसभापति खड्काले अनुसन्धानतर्फको निर्देशकमा चितवनका डा. सञ्जय महतो थारूलाई नियुक्त गरेका छन् ।

  • २ फाल्गुन २०८१, शुक्रबार १२:३८ प्रकाशित