काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारले जनताको आवाज सुन्न नचाहेको आरोप लगाएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई अपहेलना गर्दै जनताको आवाजलाई ठिक ढंगले सुन्न नचाहेको आरोप लगाए ।
उनले भने, ‘हामीले छलफल गरेरै आज भ्रष्टाचार विधेयक पारित गर्ने कार्यसूची थियो। तर, आज सरकारले समय छैन भनेर अन्तिम समयमा कार्यसूची हटाइयो। संसदले सरकारले जहिले जेजे भन्यो त्यही अनुसार चल्ने हो कि रु जनताका प्रतिनिधि भएको संस्थाले बनाएको कार्यसूची सरकारले पनि पालना गर्नुपर्ने होइन रु बारम्बार यस्तै कुरा उठेको छ।’
उनले समितिबाट पारित भएर आएको भ्रष्टाचार विधेयक सदनमा नल्याएर कसरी अघि बढ्न खोजेको छ रु भन्दै प्रश्न गरे।














