काठमाडौँ ।
सरकारले आफैँले ल्याएको अध्यादेश संसदमा निर्णायार्थ पेस गर्न नसकिरहेको बेला जनता समाजवादी पार्टी ९जसपा०नेपाल संसदीय दलको बैठकमा जुटेको छ ।
अध्यादेश पास गराउनका लागि राष्ट्रियसभामा निर्णायक रहेको जसपाको सिंहदरबारमा बैठक बसिरहेको हो। माघ २७ गते दुवै सदनको कार्यसूचीमा अध्यादेश राखिएपछि जसपा नेपालको संसदीय दलको बैठक बसेको थियो । यस्तै बैठक चलिरहेकै बेला कार्यसूचीबाट अध्यादेश हटेपछि जसपा नेपालले कुनै निर्णय गरेन ।
त्यसपछि आइतबार पुनः बैठक बसेको थियो । बैठकमा अध्यादेश बारेमा पार्टीलाई लिएर भइरहेको टिका टिप्पणीको बारेमा छलफल भएको थियो । तर अध्यादेशमा सहमति दिने कि नदिने बारेमा कुनै निर्णय भएको थिएन ।
आज पुनः संसदीय दलको बैठक बसिरहँदा संसद्को कार्यसूचीमा भने अध्यादेश राखिएको छैन । तर त्यस विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक रेखा यादवले संसद्को बैठकमा जानुअघि अनौपचारिक बैठक बसेको बताइन् ।














