लेकसाइडमा मोटरसाइकल दुर्घटना, २ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

File photo

पोखरा ।

पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

गएराती लेकसाइडबाट सहिदचोकतर्फ आउँदै गरेको ग १३ प ६७१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पोलमा ठोक्दिाँ घाईते भएका दुई युवकको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

दुर्घटनामा चालक कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र पछाडि सवार सिमलचौरका २० वर्षीय सुजल अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते दुवै जनालाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा सुजलको २ः१४ बजे र सफलको २ः१८ बजे ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुवै जनाको टाउकोमा गम्भिर चोट लागेको थियो ।

  • २७ माघ २०८१, आईतवार १७:०६ प्रकाशित