महाधिवेशनस्थल पुगे माओवादी अध्यक्ष प्रचण्ड

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महाधिवेशनस्थल पुगेका छन् ।

आजबाट सुरु भएको माओवादीको आठौँ महाधिवेशनमा सहभागी हुन प्रज्ञा भवन कमलादी पुगेका हुन् ।माओवादी केन्द्रले शनिबार साँझ मात्रै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो ।

अन्य दलका नेताहरुलाई पनि निमन्त्रणा गरिएको माओवादीले जनाएको छ ।निमन्त्रणा गरिएका मध्ये एमालेका अध्यक्ष केपी शर्मा ओली भने महाधिवेशनमा सहभागी नहुँने भएका छन् ।

  • ११ पुष २०७८, आईतवार १५:१३ प्रकाशित