लेखनाथ ।
लेखनाथ वचत तथा ऋण सहकारी संस्थाको १७औं स्थापना दिवस तथा १६ औं वार्षिकोत्सवका अवसरमा राखिएको रक्तदानमा ५४ युनिट रगत संकलन भएको छ ।
लेखनाथ वचत तथा ऋण सहकारी संस्थाको आयोजना र लायन्स क्लव अफ सेभेन लेकसिटी र अर्घौ वजार ब्यवस्थापन समितिको सहकार्यमा राखिएको संयुत्तm रक्तदानका पहिलो रक्तदाता रमेश जि.सीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नरेन्द्र थापाले सहकारीले नाफाका लागि आर्थिक कारोबार मात्र नभई सामाजिक उत्तरदायित्वलाई मनन गर्दै गरेको कामले समाजमा सकरात्मक सन्देश जाने धारणा राखेका थिए ।
सोही अवसरमा लायन्स अन्तराष्ट्रिय डिष्ट्रक ३२५ बी आई नेपालका डिष्ट्रक गभर्नर विनोद ढुगानाले जहाँ आवश्यकता त्यहाँ लायन्स हुने धारणा राख्दै लायन्स क्लवको अग्रसरतामा नेपालमा नै नमुना रगत संकलन बैंक स्थापना गर्न लागेको जानकारी गराएका थिए ।
लेखनाथ वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष हरिवहादुर जि सीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष नारायणदत्त वस्ताकोटी,पुर्व अध्यक्ष गणेशभक्त अधिकारी,अर्घौ वजार ब्यवस्थापन समितिका उपाध्यक्ष घनश्याम ढुगाना, जिल्ला सहकारी संघकी उपाध्यक्ष अम्विका आचार्य, लायन्स क्लव अफ सेभेन लेकसिटीका अध्यक्ष विष्णु प्रसाद लामिछाने,जनजागृती युवा क्लवका अध्यक्ष मनिस वाग्ले लगाएतले रत्तmदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।
सहकारीका सचिव शिव भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य लियो क्वल डिष्ट्रकका प्रसन्न सापकोटाले गरेका थिए भने सोही अवसरमा मेडीप्लस पोखराले निःशुल्क स्वास्थ शिविरबाट स्वास्थ्य परामर्श दिएको थियो ।














