४ वर्षीय बालक अपहरण गरेको आरोपमा भियतनामी नागरिक पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भियतनामी नागरिक माई होङ्ग किन्हालन छन् ।

बिहीबार जिरे भन्ने पल चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् । बालकलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

आरोपीले सो गेस्टहाउसमा बालकलाई बन्धक बनाएका थिए ।

  • २७ माघ २०८१, आईतवार १३:५८ प्रकाशित