नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश अधिवेशन आजदेखि

पूर्वप्रधानमन्त्री द्वय अध्यक्ष र सम्मानित नेतासहित वरिष्ठ उपाध्यक्ष र महासचिव लगायतका नेताहरुले सम्बोधन गर्ने, अधिवेशन भोलिसम्म चल्ने

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । भोलिसम्म चल्ने अधिवेशनको उद्घाटन सत्रमा दुई जना पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव समेत रहेका गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए ।

उनका अनुसार बिहान ११ बजे सुरु हुने अधिवेशनको उद्घाटन सत्रमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसहित पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुषाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

अधिवेशनमा प्रदेशका ११ जिल्लावाट प्रतिनिधिहरु पोखरा आइपुगेका छन् । ४५० जना प्रतिनिधिहरुसहित स्वयमसेवक र आयोक गरेर ६ सय जना अधिवेशनमा सहभागी हुनेछन् ।

अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र ३ सहसचिव रहेको पदाधिकारीसहित पूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १४३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।

  • २६ माघ २०८१, शनिबार ०९:३७ प्रकाशित