प्रतिनिधि सभाको बैठक आइतबार सम्मका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधि सभाको बैठक माघ २७ गते बस्नेगरी स्थगित भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक माघ २७ गते बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् ।

शुक्रबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गरेका छन् ।

त्यस्तै कानुनमन्त्री अजयकुमार चौरसियाले कानुन न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयक २०८० र विधायन विधेयक २०८१ लाई पारित गरियोस् भनेर प्रस्ताव पेस गरेका छन् ।

  • २५ माघ २०८१, शुक्रबार १५:५० प्रकाशित