झोलुङ्गे पुल निर्माणका क्रममा भेरी नदीमा खस्दाँ दुई मजदुर बेपत्ता

केन्द्रभाग मिडिया

Symbolic picture

सुर्खेत ।

झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना मजदुर बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र सोही ठाउँका १८ वर्षीय अर्जुन घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक अजय डाँगीको अनुसार आज बुधबार दिउँसो १ बजेतिर पुलका लट्ठा तान्ने क्रममा उनीहरू नदीमा खस्दाँ बेपत्ता भएका हुन् ।

बेपत्ताहरुको अहिले खोजीकार्य भइरहेको छ ।सुर्खेतको बराहताल गाउँपालिका–४, कुटा र पञ्चपुरी नगरपालिका–१४, जोड्ने भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणको काम चलिरहेको छ ‌।

  • २३ माघ २०८१, बुधबार १५:४७ प्रकाशित