पोखरा ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकीले स्याङ्जाको एक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । सोमबार १२ औं राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजाको अवसर पारेर स्याङ्जाको आँधीखोला– ५ स्थित प्रधुम्न पनेरु माविलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, प्रधुम्न पनेरु माविका व्यवस्थापन समितिका अध्यक्ष खेमनारायण देबकोटा र प्रध्यानाध्यापक दिप्तिनारायण शर्माको रोहवरमा विद्यार्थीलाई पाठ्यपुस्तक, कापी, कलम, खेलकुदका सामग्री, बालकथा सहितका शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका आँधीखोला गाउँपालिका प्रमुख पौडेलले कार्यक्रमको सुभारम्भ गर्दै पुस्तक तथा स्टेसनरी व्यवसायीले समाजमा गरेको ज्ञान बाढ्ने सेवामुखी व्यवसाय प्रशंसायोग्य रहेको बताए । उनले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेश सामाजिक क्षेत्रमा समेत अग्रसर भएकोमा खुशी व्यक्त गर्दै आफ्नै गाउँपालिकाको बिद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेर विधार्थीहरुको पठन संस्कृतिको विकासका लागि टेवा पुर्याउने काम गरेकोमा आभार प्रकट गरे ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले आफुले अध्ययन गरेको बिद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताए। उनले आँधीखोला गाउँपालिकाका सामुदायिक बिद्यालयहरू मर्जगरि प्रयाप्त शिक्षकहरुद्वारा विद्यार्थीहरुको पढाइ सञ्चालन गनुपर्नेमा जोड दिए। अध्यक्ष पोखरेलले आगामी दिनहरूमा बिद्यालयका शैक्षिक सुधारका कार्यक्रममा सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रथम उपाध्यक्ष रामचन्द्र नेपाल र सह–सचिव सुरेन्द्र बास्तोला लगायतले बोलेका थिए । उक्त अबसरमा आँधीखोला गाउँपालिका उपाध्यक्ष सीता थापा, वडाध्यक्ष कृष्ण पनेरु, शिक्षा प्रमुख लक्ष्मी सापकोटा, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका सदस्य दुर्गादत्त आचार्य, टंक ढकाल, रमेश पौडेल, महासंघ कास्कीका निवर्तमान अध्यक्ष कविन्द्र प्रसाद पोखरेल, महासंघ कास्कीका कोषाध्यक्ष प्रकाश प्रसाद पोख्रेल लगायत विद्यालयका शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुको उल्लेख उपस्थिति थियो ।















