बेलबुटे आदर्श समाज गठन

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडाको बेलबुटे क्षेत्रका स्थानीयसावासीको आज सम्पन्न भेलाले बेलबुटे आदर्श समाज गठन गर्दै कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
बेलबुटे क्षेत्रको समग्र विकासका लागि सहयोग पुु¥याउने लक्ष्यका साथ नवराज घिमिरेको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो ।
समाजको उपाध्यक्षमा विन्दुु बराल वाग्ले, सचिवमा रोशन सापकोटा र कोषाध्यक्षमा हरिष्चन्द्र पौडेल रहेका छन । त्यस्तै समितिका सदस्यहरूमा खडानन्द बराल, ताराबहादुर फगामी, गोपिराज वाग्ले, राधा मिश्र, वासुदेव पौडेल र किशोर घिमिरे रहेका छन ।
समितिको सल्लाहकारहरूमा पुुष्पराज शर्मा पौडेल, रामप्रसाद तिवारी र गुरुप्रसाद पौडेललाई चयन गरिएको छ । बेलबुटे क्षेत्रलाई नमूना आवास क्षेत्रका रुपमा विकास गर्दै आपसी भाइचारा अभिबृद्धि एवम् समग्र विकासमा समाज कृयाशिल रहने नवगठित समितिका अध्यक्ष नबराज घिमिरेले बताए ।
बेलबुटे क्षेत्रका बालबालिकाहरू एक आपसमा संगठित भई विगत चार वर्ष यता बेलबुटे आदर्श बाल क्लब गठन गरी विभिन्न सामाजिक गतिविधिमा समेत कृयाशिल बन्दै आएका छन् ।
  • १९ माघ २०८१, शनिबार १३:२२ प्रकाशित