काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठूला दल मिलेर सरकार बनाउँदा बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको टिप्पणी गरेका छन् ।
आजबाट सुरु हिउँदे अधिवेशनको पहिलो दिन संसदमा संबोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले देश र जनताक मुद्दालाई सम्बोधन गर्न दुई ठूला दल (कांग्रेस र एमालें) मिलेको दाबी गरे ।
‘गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु । सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ,’ उनले भने ।
उनले जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर आफूू सदनमा उपस्थित भएको समते बताए ।














