आशिका तामाङ छुट्न बित्तिकै फेरि पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेको धरौटी बुझाएर छुटेकी आशिका तामाङ फेरि पक्राउ परेकी छन् । सोमबार १० हजार धरौटी बुझाएर उनी छुटेकी थिइन् ।

तर, आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले बताए ।

उनीविरुद्ध प्रहरी वृत्त जगातेमा आपराधिक उपद्रव गर्न नहुने कसुरमा उजुरी परेको डीएसपी न्यौपानेले बताए ।

साँगा स्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरुसँग सूर्यबिनायक नगरपालिकाले २० रुपैयाँ कर सङ्कलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दावी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप छ ।

सूर्यबिनायक नगरपालिकाले त्यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको छ । उनीविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान गरिने डीएसपी न्यौपानेले जानकारी दिए ।

  • १५ माघ २०८१, मंगलवार १४:३८ प्रकाशित