नेकपा एसले तोक्यो जिल्ला र निर्वाचन क्षेत्रको इन्चार्ज : गण्डकीमा क–कसले पाए जिम्मा ? (सूचीसहित)

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीले जिल्ला र सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेको छ । सो पार्टीले गत असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनपछि नेताहरूको जिम्मेवारी बल्ल तोकेको हो ।

अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशन ४ जारी गर्दै ७७ वटै जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेका हुन् ।

त्यस्तै एकीकृत समाजवादीले नेताहरूलाई विभागीयसहित मोर्चा तथा फाँटका प्रमुख उपप्रमुख र इन्चार्ज तथा सह इन्चार्जको जिम्मेवारी तोकेको छ । विभागीय प्रमुखको जिम्मेवारी पदाधिकारी र पोलिटब्युरो सदस्यले पाएका छन् भने जिल्ला र निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यहरूले पाएका छन् ।

पार्टीले नेताहरूको जिम्मेवारी एक वर्षका लागि तोकेको जनाएको छ । निर्धारित विधि र मापदण्ड अनुरूप हरेक ४ महिनामा कार्यसम्पादन मूल्याङकन गर्दै कार्यसम्पादन मूल्याङ्कनका आधारमा जिम्मेवारी हेरफेर गर्ने सो पार्टीले जनाएको छ ।

गण्डकी प्रदेश अन्तर्गत कास्कीमा कृष्ण नेपाली, रत्नकुमारी गुरुङ, सर्मिला पौडेल, सीता पौडेल,तनहुँमा विद्या ढकाल, कलिला खातुन, स्याङ्जामा अमरनाथ शर्मा, नवलपुरमा ताराकुमारी वि क,गोरखामा विश्वेश्वर कट्टेल र सानुमाया बस्नेत, लमजुङ र मनाङमा रामबाबु अधिकारी,मुस्ताङमा कृष्ण नेपाली, बागलुङमा कमल घिमिरे, म्याग्दीमा कृष्णकुमार विश्वकर्मा, दुर्गा कार्की र पर्वतमा मोती पौडेल लाई जिम्मा दिइएको छ ।

  • १५ माघ २०८१, मंगलवार १२:४८ प्रकाशित