पोखरा ।
आज मंगलबार अमेरिकी डलरसहित युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको भाउ बढेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ८६ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ ४६ पैसा तोकिएको छ ।
एक युरोको खरिददर एक सय ४४ रुपियाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ५६ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर एक सय ७२ रुपियाँ ४३ पैसा र बिक्रीदर एक सय ७३ रुपियाँ १८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपियाँ ६७ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ३४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८२ पैसा र बिक्रीदर ८७ रुपियाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९३ रुपियाँ तीन पैसा र बिक्रीदर ९६ रुपियाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपियाँ ६४ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ नौ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपियाँ ९६ पैसा र बिक्री दर नौ रुपियाँ, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ एक पैसा र बिक्रीदर १९ रुपियाँ नौ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७५ पैसा र बिक्रीदर ३६ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८१ पैसा र बिक्रीदर ३७ रुपियाँ ९८ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७ रुपियाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४९ पैसा र बिक्रीदर ३१ रुपियाँ ६२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६३ पैसा र बिक्रीदर नौ रुपियाँ ६७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५९ पैसा र बिक्रीदर १२ रुपियाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४२ पैसा र बिक्री दर १९ रुपियाँ ५१ पैसा तोकिएको छ ।
हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७० पैसा र बिक्रीदर १७ रुपियाँ ७८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपियाँ ६७ पैसा र बिक्रीदर चार सय ४९ रुपियाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपियाँ ६८ पैसा र बिक्रीदर तीन सय ६७ रुपियाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपियाँ नौ पैसा र बिक्रीदर तीन सय ५९ रुपियाँ ६५ पैसा तोकिएको छ । भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा निर्धारण भएको राष्ट्रबैंकले उल्लेख गरेको छ ।















