जुम्ला ।
वनमा लागेको डढेलो निभाउन जाँदा एक जनाको जलेर ज्यान गएको छ । सिंजा गाउँपालिका-१ जाँचको रुपाकोट जंगलमा लागेको आगो निभाउन जाँदा ८० वर्षीय भद्र रावलको जलेर ज्यान गएको हो ।
आइतबार दिउँसो दुई बजेतिर लागेको आगो निभाउने क्रममा उनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । स्याउ बगैंचाभित्र लागेको आगो फैलिएर जंगलसम्म पुगेको थियो । आगो निभाउने क्रममा रावलको जलेर ज्यान गएको हो । उनी गाउँपालिकाका पूर्वअध्यक्ष समेत हुन् ।
आगो अझैपनि नियन्त्रणमा आइसकेको छैन । गाउँपालिका अध्यक्ष धितालले आगो नियन्त्रणको लागि सुरक्षा निकायसंग समन्वय भइरहेको बताए ।














