रास्वपा संसदीय दल बैठक माघ १६ गते बस्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले दिएको जानकारी अनुसार बैठक माघ १६ गते बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ ।

उनकै संयोजकत्वमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनको विषयमा छलफल हुनेछ । बैठकमा हिउँदे अधिवेशन तयारी बारे छलफल हुने बताइएको छ ।

पार्टी सभापति तथा दलको नेता रवि लामिछानेको अनुपस्थितिमा संसद्मा कसरी प्रस्तुत हुने, कस्ता एजेन्डा केन्द्रित हुने, सांसदको भूमिका कसरी प्रभावकारी रूपमा निभाउने जस्ता विषयमा छलफल हुने बुझिएको छ ।

  • १४ माघ २०८१, सोमबार ०९:०७ प्रकाशित