कांग्रेस संसदीय दलको बैठक आजपनि बस्दै

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।
नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । आइतबार दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि दलको बैठक बस्न लागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

बैठकमा संसद्को हिउँदे अधिवेशन, एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका विषयमा छलफल चलिरहेको छ ।

विधेयकका विषयमा एकजुट र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने, संसदमा पेश भएका विधेयक तिव्रताका साथ पारित गर्ने लगायतका विषयमा छलफल हुने घिमिरेले बताए ।

बैठकले माघ १८ गते सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनमा कांग्रेसको पोजिसन र एजेन्डाका बारेमा छलफल चलिरहेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।

 

  • १४ माघ २०८१, सोमबार ०८:१२ प्रकाशित