कति छ आज विदेशी मुद्राको विनिमय दर ?

केन्द्रभाग मिडिया

पोखरा ।
आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य यथावत रहँदा अस्ट्रेलियन डलर, कुबेती दिनारसहितका मुद्राको मूल्य घटेको छ । तर, पाउन्ड, युरोसहितका मुद्रा भने महँगिएका छन् ।

नेपाल राष्ट्रबैंकले आजका लागि निर्धारण गरेको मुद्रा विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा छ । हिजो र अस्ती पनि पनि अमेरिकी डलरको कारोबार यही दरमा भएको थियो ।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४४ रुपैया ४४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ०७ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९९ पैसा थियो ।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ २५ पैसा छ । हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६८ पैसा थियो ।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८७ र बिक्रीदर ८७ रुपैयाँ २५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ९५ र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ७२ र बिक्रीदर चार सय ४८ रुपैयाँ ६७ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ८० र बिक्रीदर चार सय ४८ रुपैयाँ ७५ पैसा थियो ।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपैयाँ ७२ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपैयाँ ७२ पैसा थियो ।

  • १४ माघ २०८१, सोमबार ०५:४४ प्रकाशित