धनगढीमा कैंची प्रहार गरी भाइले गरे दाईको हत्या

केन्द्रभाग मिडिया

धनगढी ।

धनगढी उपमहानगरपालिका-१७ दीपनगर टोलका ३५ वर्षीय लालबहादुर बोहराको हत्या भएको छ । उनकै भाइले कैँची प्रहार गरी उनको हत्या गरेका हुन् ।

घरायसी विवादका क्रममा लालबहादुरका ३० वर्षीय भाइ प्रकाश बोहराले शनिबार राति लालबहादुरलाई कैंची प्रहार गरेका थिए ।भाइले घाँटीमा कैंची प्रहार गरेपछि गम्भीर घाइते भएका लालबहादुरलाई उपचारका लागि राति नै धनगढीको निसर्ग अस्पताल पुगाइएको थियो ।

तर उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।उनका भाइ प्रकाशलाई प्रहरीले पक्राउ गरेको छ ।

  • १३ माघ २०८१, आईतवार १४:५० प्रकाशित