पोखरा–५ मालोपाटन गणतन्त्र चोकमा खुल्यो स्माइल मार्ट

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा–५ मालेपाटन गणतन्त्र चोकमा स्माइल मार्ट सचालनमा आउने भएको छ । मार्टको पुष १० गते औपाचारीक उद्याटन हुने संचालक कृष्ण प्रासाद भट्टराईले जानकारी दिए । क्रिशमसको अवसर पारेर यस मार्टले यही पुष १० गते ग्राण्ड ओपनिङ गर्न लागेको हो ।मार्टमा दैनिक उपभोग्य सामान सुपथ मुल्यमा उपलब्ध हुनेछन् । दैनिक उपभोग्य खाद्य सामग्री, कस्मेटीक, पेयपदार्थ, किचन वेयर लगाएत इलेक्ट्रोनिक्स सामान उपलब्ध हुने संचालक भट्टराइले जानकारी दिए । उद्याटन देखी पौष १७ गतेसम्म हरेक सामान खरिद गर्दा ५ देखी २५ प्रतिशतसम्म छुट रहेको भट्टराइले जानकारी दिए । तीन हजार भन्दा माथिको खरिदमा निशुल्क होमडेलीभरीको सुविधा रहेको छ । अनलाईन तथा फोनको माध्यमबाट बुकिङ गर्न सकिने छ ।
मार्टमा गएर खरिद गर्न चाहने ग्राहकका लागि निशुल्क सुविधायुक्त पार्किङको व्यवस्था रहेको छ । ४ करोडको लागतमा खुलेको मार्टले त्यस क्षेत्रका उपभोक्ताले एकै ठाउबाट आफुलाई चाहिने सामानको खरिद सुविधा लिन सक्ने छन् ।
पोखरा बाग्लुङ हाईवेमा पर्ने यस मार्ट प्रस्याङ, मालेपाटन, बिन्दावासीनी, जिरो किमि, धारापानी लगाएत ठाउँहरुका जनतालाई लक्षित गरि मार्ट सन्चालनमा ल्याइएको भट्टराइ बताउछन्।

  • ९ पुष २०७८, शुक्रबार १६:३३ प्रकाशित