पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६८ पैसा छ ।
हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा रहेको थियो । यस्तै आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ १५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा थियो ।
आज डलरको भाउ भने स्थिर छ । डलर एकको खरिददर १३८ रुपैयाँ २३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८३ पैसा रहेको छ ।१० जापानी येनको खरिददर ८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८ रुपैयाँ ९० पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा छ ।
आज रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ००पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ९१ पैसा र बिक्री दर ३८ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०२ पैसा रहेको छ ।















