विपक्षी दलको संयुक्त वक्तव्य : तत्काल हिउँदे अधिवेशन आह्वान नगरे कडा आन्दोलन गर्ने चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

६ वटा विपक्षी दलले तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार बसेको विपक्षी दलको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै विपक्षी दलले सरकारले संसद् अधिवेशनको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने चेतावनी दिएका छन् ।

साथै उनीहरुले सरकारले आफ्ना मागहरू पुरा नगरे कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

  • ४ माघ २०८१, शुक्रबार १५:४४ प्रकाशित