तराईमा हुस्सु र कुहिरो, बाँकी ठाउँमा मौसम सफा रहने

केन्द्रभाग मिडिया

पोखरा ।
हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले विहान कोशी, बागमती र मधेश लगायत देशका पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।

तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

 

 

  • ४ माघ २०८१, शुक्रबार ०७:३४ प्रकाशित